उर्मिला अर्यालले दिइन् राष्ट्रियसभा उपाध्यक्षबाट राजीनामा

काठमाडौं : राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । उनले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी छन् ।
नेकपा (माओवादी केन्द्र) बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका थिए । उपाध्यक्ष अर्याल पनि माओवादीबाटै उपाध्यक्ष बनेकी थिइन् ।
सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो । अब राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् ।
यसअघि गठबन्धनमा उपाध्यक्ष नेकपा एमालेलाई दिने सहमति भएको थियो । तर पछि नेकपा एकीकृत समाजवादी पार्टी गठबन्धनमा सामेल भएसँगै नयाँ सहमतिमा त्यो बुँदा हटाइएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८० १४:३५
प्रतिक्रिया दिनुहोस्