नेपाल न्युज प्वाइन्ट डटकम
इलाम-२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार केन्द्रीय कार्यालय समतिमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रारम्भिक सूचीमा परेका ५ जनालाई उम्मेदवारी फिर्ता गराएसँगै लिम्बु सर्वसम्मत उम्मेदवार बनेका हुन् ।

बिहीबार भएको छलफलमा सबैले लिम्बुलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको रास्वपा महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए ।

वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ । त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update