नेपाल न्युज प्वाइन्ट डटकम
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिने भएका छन् ।

गत फागुन २३ गते नेपाली कांग्रेसले आफ्नो ६ जना मन्त्री बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएपछि अल्पमत परेको सरकारका मुख्यमन्त्री जम्कट्टेलले १९ गते विश्वासको मत लिने भएका हुन् ।

शुक्रबार मुख्यमन्त्रीको दल नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update