नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं : नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले शुक्रबार गुरुङलाई निलम्बन गर्ने संघीय संसद् सचिवालयको सूचना बदर गरेको हो ।

भ्रष्टाचार मुद्दामा आफूलाई जरिवाना मात्रै भएको तर कैद सजाय नभएको भन्दै गुरुङले सांसद पद निलम्बन फुकुवाको मागसहित रिट दायर गरेका थिए ।

उनलाई भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको थियो ।

मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङलाई २०७९ पुस १२ गते निलम्बन गरेको थियो । निलम्बन गरेपछि गुरूङले फागुन २१ गते रिट दायर गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update