नेपाल न्युज प्वाइन्ट डटकम
त्रिशूलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

चितवन : काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

आज बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।

ट्याक्सीमा रहेका पाँच जनालाई नदीबाट  मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update