नेपाल न्युज प्वाइन्ट डटकम
प्रस्तावित महालेखा परीक्षकविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

काठमाडौं : प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।

संसदीय सुनुवाइ समितिको आजको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

संवैधानिक परिषद्को आइतबारको बैठकले राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी रायालाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update