नेपाल न्युज प्वाइन्ट डटकम
नाउपा नेताको दाबी- 'रेशम चौधरीले ज्यान मार्ने धम्की दिए'

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका नेताले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् ।

नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरेर आफूहरूलाई रेशम चौधरीले आइतबार पार्टी कार्यालयमा भएको छलफलमै हत्या हुन सक्ने धम्की दिएको बताए । 

उनले सोमबार केन्द्रीय समिति बैठक शुरु हुनुअघि अनौपचारिक छलफलमा प्रधानमन्त्री भेट्न बालुवाटार गए पिट्ने बताएको दाबी गरे ।

सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय सदस्यहरुको बैठक शुरु हुनुअघि आफूमाथि रेशम चौधरीसँगै आएका व्यक्तिहरुले कुटपिट गरेकोसमेत बिकले बताए ।

रेशम चौधरीले सुदूरपश्चिम सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्ने चेतावनी दिएको उनले बताए ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update