नेपाल न्युज प्वाइन्ट डटकम
पर्वतमा घरभित्रै श्रीमान-श्रीमती मृत फेला

काठमाडौं : पर्वतमा श्रीमान-श्रीमती मृत फेला परेका छन् । जलजला गाउँपालिका वडा नम्बर २ स्थित एक घरमा श्रीमान र श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

६९ वर्षीय सूर्यबहादुर घर्ती र उनकी श्रीमती ६७ वर्षीया गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन् ।

उनीहरूको हत्या भएको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update