नेपाल न्युज प्वाइन्ट डटकम
एक्लै उभिएर हर्क साम्पाङको प्रदर्शन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंमा प्लेकार्ड बोकेर एक्लै उभिएर प्रदर्शन गरेका छन् । 

धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर उनी सिंहदरबार धाइरहेका मेयर साम्पाङ मंगलबार बिहान सडक किनारमा एक्लै उभिएर प्रदर्शन गरेका हुन् ।

उनले २०८४ अघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गरेका छन् । उनले बोकेको प्लेकार्डमा लेखिएको छ, ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर ।’

उनले ‘जनमतबार’ भन्दै काठमाडौंमा एकल प्रदर्शन गरेको फोटो सामाजिक सञ्जालबाट सार्वजनिकसमेत गरेका छन् ।

यसअघि उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतलाई भेटेका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update