बागमतीमा एमालेका ४ मन्त्रीले लिए शपथ

हेटौँडा : बागमती प्रदेश सरकारमा नेकपा एमालेबाट थप ४ जना मन्त्रीले शपथ लिएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई शपथग्रहण गराएका हुन् ।
प्रकाशबाहेक अरु तीन जना गत २५ पुसमा शालिकराम जम्कट्टेल मन्त्रिपरिषदकै मन्त्री हुन् ।
रामेश्वर यसअघि पनि स्वास्थ्य मन्त्रालय थिए । पाेखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री र एकालाल श्रम, राेजगार तथा यातायात मन्त्री थिए ।
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८० १८:०३
प्रतिक्रिया दिनुहोस्