नेपाल न्युज प्वाइन्ट डटकम
आयरल्याण्ड वुल्भ्सले नेपाल 'ए'लाई दियो १५८ रनको लक्ष्य, कमलको ह्याट्रिक

काठमाडौं : नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरीको ह्याट्रिकसँगै आयरल्याण्ड वुल्भ्सले पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल 'ए'लाई १५८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आयरल्याण्ड वुल्भ्सले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको हो ।

आयरल्याण्डका केड कार्माइकलले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेले । उनले ७७ बल खेल्दै ४ चौका प्रहार गरे । कप्तान निल रक ३९,पिटर मूर २१, जेम्स म्याकमुलम १२ र  स्टेफिन डोहेनी १२ रनमा आएट हुँदा आयरल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । ६.३ ओभर बलिङ गरेका उनले १ मेडनसहित २१ रन खर्चिएर ४ विकेट लिँदा ह्याट्रिक पनि गरे । साहब आलम र श्याम ढकालले २/२ विकेट लिँदा रिजन ढकालले १ विकेट लिए ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update