सुदूरपश्चिमकी नाउपा सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने अध्यक्ष श्रेष्ठको निर्णय

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् ।
अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम समानुपातिक सांसद गिरीलाई कारबाही गरेको पत्र सुदूरपश्चिम प्रदेश सभा सचिवालयमा पठाएकी छन् । स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएको लगाएकोले उनलाई कारबाही गरिएको नाउपा अध्यक्ष श्रेष्ठले जानकारी दिएकी छन् ।
गिरीलाई पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोधिएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत २१, २०८० १४:०४
प्रतिक्रिया दिनुहोस्