नेपाल न्युज प्वाइन्ट डटकम
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा नयाँ सरकार गठनका लागि आह्वान

पोखरा : गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न ७ दिनको समय दिइएको छ ।

बहुमत प्राप्त गर्न सक्ने दलले चैत २७ गते दिउँसो ३ बजेभित्र दाबी पेश गर्नुपर्नेछ । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मुख्यमन्त्री पाण्डेले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गरेका थिए । त्यसपछि २३ फागुनमा माओवादीले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो । मुख्यमन्त्री पाण्डेले बुधबार बिहान राजीनामा दिएका थिए ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update