नेपाल न्युज प्वाइन्ट डटकम
वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई थुनामा पठाउन आदेश

काठमाडौं : सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार गिरीलाई थुनामा पठाउन आदेश दिएको हो । 

यसअघि जिल्ला अदालतले गिरीलाई धरौटीमा छोडेको थियो भने उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको थियो । उच्चको आदेश बेरितको देखिएकाले बदर गरिएको छ ।

न्यायाधीश गिरीकी पत्नीले आफूमाथि बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएकी थिइन् । 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update