नेपाल न्युज प्वाइन्ट डटकम
इलाम-२ मा माओवादीले एमालेलाई सघाउने

काठमाडौं : नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ ।

माओवादीले यहाँबाट धीरेन्द्र शर्माको एकल नाम सिफारिस गरेको थियो । तर शर्मालाई नाम फिर्ता लिन लगाएर एमालेलाई सहयोग गर्ने माओवादीले निर्णय गरेको हो ।

इलाम–२ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ, पहिचानवादीबाट डगेन्द्रसिंह थेगिमले उम्मेवार बनेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update