नेपाल न्युज प्वाइन्ट डटकम
रुपान्तरण अभियान सफल भएको माओवादीको दाबी

काठमाडौं : नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ सफल भएको दाबी गरेको छ । मंगलबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष अग्नि सापकोटाले कार्यकर्तामा जागृती आएको र जनतामा आशा पलाएको बताए ।

जनतालाई माओवादी चुनावमा मात्रै होइन अरु बेलामा पनि आउने रहेछन् भन्ने परेको उपाध्यक्ष सापकोटाको भनाइ थियो ।

उनले अभियानको क्रममा पार्टीभित्र, जनवर्गीय संगठन, मोर्चाभित्रका अन्तरविरोधहरू सतहमा आएर समस्या समाधानको जबरजस्त आधार तय भएको बताए । अभियानका क्रममा पुराना कार्यकर्ता सक्रिय भएको र नयाँ प्रवेश पनि भएको उनले बताए ।

उनले पार्टी एकढिक्का भएको र आशा उत्पन्न भएको बताए । पार्टी सदस्यता नवीकरणलाई पनि तीव्रता दिइएको उनले बताए ।

उनले पालिकास्तरबाटै अभियानको प्रतिवेदन लेख्ने काम भइरहेकाले सबैको आफूहरू बैठक राखेर समीक्षा गर्ने बताए । जनताले भ्रष्टाचारविरुद्ध सरकारले थालेको अभियानलाई अझ सशक्त रूपमा गम्भीरतासाथ अगाडि बढाउन सुझाव आएको माओवादीको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update