एमालेले राष्ट्रिय सभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने

काठमाडौं : नेकपा एमालेले राष्ट्रिय सभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।
एमालेले कपिलवस्तुकी घिमिरेलाई राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको हो । यही चैत २८ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदैछ ।
सत्तारुढ चार दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख थियो ।
फागुन ३० गते एकीकृत समाजवादी पनि गठबन्धनमा थपिँदा एमालेले राष्ट्रिय सभा उपाध्यक्ष पाउने सहमति हटेको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८० १५:०९
प्रतिक्रिया दिनुहोस्