लुम्बिनीका मुख्यमन्त्री चौधरीले गरे राजीनामाको घोषणा

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामाको घोषणा गरेका छन् ।
बिहीबार लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै चौधरीले राजीनामाको घोषणा गरेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता रहेका चौधरी ८ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले संघमा भएको गठबन्धन फेरबदलसँगै राजीनामा दिएको बताए ।
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८० १७:०४
प्रतिक्रिया दिनुहोस्