नेपाल न्युज प्वाइन्ट डटकम
श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएपछि रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : गायक रवि ओडविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कञ्चनपुरले गायक ओडविरूद्ध वैवाहिक बलात्कार मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो ।

आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै ओडकी श्रमतीले गत २० गते जाहेरी दिएकी थिइन् । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत उनले ओडविरुद्ध जाहेरी दिएकी हुन् । त्यसपछि अदालतले ओडविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

नेपाल आइडल सिजन-२ का विजेतासमेत रहेका गायक ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो । तर उनी अहिलेसम्म पक्राउ परेका छैनन् । ओडको खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update