४४ सांसदको हस्ताक्षरसहित लुम्बिनी सरकार गठनका लागि महराको दाबी पेस

काठमाडौं : लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् ।
नेकपा एमालेका संसदीय दलका नेता लीला गिरी, प्रमुख सचेतक तुल्सी चौधरी, एकीकृत समाजवादीकी भगवती घिमिरेसहित पुगेका महराले प्रदेश प्रमुख शेरचन समक्ष दाबी पेश गरेका हुन् ।
मुख्यमन्त्री नियुक्तिको लागि महराले एमाले, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र २ जनासहित ४४ जना सांसदको समर्थन पेश गरेका हुन् ।
नेकपा एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्यले महराको पक्षमा हस्ताक्षर गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद् गठन प्रक्रिया शुरु भएको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८० १२:२४
प्रतिक्रिया दिनुहोस्