सुनसरीमा दुई समूहबीच झडप, दुई पालिकामा निषेधाज्ञा जारी

सुनसरी : सुनसरीका दुई गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले आज मध्याह्न १२ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेका हुन् ।
दुई समूहबीचको झडप भएपछि निषेधाज्ञा जारी गरिएको हो । सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।
हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको हो । प्रहरीले ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ ।
झगडाले बृहत रूप लिनसक्ने सम्भावना देखिएपछि निषेधाज्ञा जारी गरिएको कायममुकायम प्रमुख जिल्ला अधिकारी फुयलले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८० १३:४३
प्रतिक्रिया दिनुहोस्