सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान, वैशाख २ गतेसम्म दाबी पेस गर्न समय

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान भएको छ ।
प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनका दाबी पेस गर्न आह्वान गरेका हुन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री दाबी पेस गर्न आह्वान भएको हो ।
दलहरुलाई ९ दिनको समय दिइएको छ । अब बहुमत जुटाउन सक्ने दलका नेताले वैशाख २ बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्नुपर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८० १६:३९
प्रतिक्रिया दिनुहोस्