नेपाल न्युज प्वाइन्ट डटकम
सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख लुटपाट

सिरहा : सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ ।

सिरहा सदरमुकाममा आइतबार बिहान ११ बजेको समयमा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेका हुन् ।

भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरुले स. ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकम लिएर आइरहेका यादवलाई हतियार देखाएर नगदसहित २ थान ग्लोबल आइएमई बैंकको र ३ थान राष्ट्रिय वाणिज्य बैंकको खाली चेक र मोबाइलसमेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लुटिएको रकम विष्णुरपुर गाउँपालिका-१ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update