नेपाल न्युज प्वाइन्ट डटकम
लुम्बिनीमा मुख्यमन्त्री महरा र तीन मन्त्रीले लिए शपथ

काठमाडौं : लुम्बिनीमा चार सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । शुक्रबार मुख्यमन्त्री नियुक्त भएका जोखबहादुर महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएपछि तीन जनालाई मन्त्री नियुक्त गरेका छन् ।

महरालाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । मुख्यमन्त्रीसँगै तीन मन्त्रीले पनि शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहेका छन् । अर्घाखाँचीका आचार्य एमाले संसदीय दलका उपनेता हुन् । उनीहरू सबै विनाविभागीय मन्त्री हुन् । उनीहरू सबै बिनाविभागीय मन्त्री हुन् ।

बाँकी मन्त्रीहरु मुख्यमन्त्रीले विश्वासको मत लिएपछि नियुक्त गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update