नेपाल न्युज प्वाइन्ट डटकम
बौद्ध भिक्षुमाथि प्रहरीको लात्ती, प्रहरीको आलोचना

काठमाडौं : बाटो हिंड्दै गरेका बौद्ध भिक्षुमाथि प्रहरीले भद्रकालीमा लात्ती प्रहार गरेको छ ।

शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानको प्रदर्शनका क्रममा प्रहरीले दुई भिक्षुलाई लात्ती प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अभियानले शनिबार काठमाडौँको भद्रकालीमा शक्ति प्रदर्शन गरेको थियो । सोही क्रममा प्रहरी र अभियानका कार्यकर्ताबिच झडप भएको थियो । भिड नियन्त्रण गर्ने क्रममा प्रहरीले हिँड्दै गरेका भिक्षु भेषका २ जनालाई लाठी र लात्ताले हानेको भिडियो र फोटोमा देख्न सकिन्छ ।

भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रहरीको आलोचना भइरहेको छ ।

बाटो हिंड्दै गरेका बौद्ध भिक्षुमाथि दुर्व्यवहार भएको विषय सार्वजनिक भएपछि दुर्व्यवहार गर्नेमाथि कारबाही गर्ने तयारी प्रहरीले गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update