नेपाल न्युज प्वाइन्ट डटकम
महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको जाहेरी

काठमाडौ : नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी  दर्ता भएको हो ।

बस्नेतलाई एक युवतीले भ्रुण हत्या, बलात्कारको मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा हुलाकमार्फत जाहेरी  दिएकी हुन् । उजुरी गर्ने युवतीले बस्नेतले दुई पटक बलात्कार गरेको आरोप लगाएकी छन् ।

पीडित युवतीले दिएको जाहेरीमा काठमाडौं महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुणगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।

यस्तै बस्नेतमाथि २ महिना १५ दिनको भ्रुण हत्याको आरोप समेत लगाइएको छ । जाहेरीकर्ता युवतीले औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रुण हत्या गरेको पीडितले आरोप लगाएकी छन् ।  युवतीको जाहेरी परेसंगै काठमाडौं प्रहरीले प्रारम्भिक अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update