नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रिय सभा चुनावमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा उम्‍मेदवारले खर्च गर्न पाउने हद तोकेको छ । 

आइतबार आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने जानकारी दिएका छन् ।

उम्मेदवारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमानवली, २०७६ को नियम ४६ (१) सँग सम्‍बन्धित अनुसूची-१ ले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी हद तोकिएको आयोगले उल्लेख गरेको छ ।

उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्त गर्नुपर्नेछ । निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा विवरण बुझाउन समेत निर्वाचन आयोगले उम्मेदवारहरुलाई आग्रह गरेका छ ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update