कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं : नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते मंगलबार बस्ने भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसदको आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
यस्तै बैठकमा बजेट अधिवेशनको तयारी, संसदमा आएका विधेयक, संसदको अहिलेको अवस्थाबारे छलफल हुने नेताहरुले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १३:१४
प्रतिक्रिया दिनुहोस्