नेपाल न्युज प्वाइन्ट डटकम
कोशी सरकारबाट बाहिरिने माओवादीको निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार प्रदेशसभा संसद् सचिवालयमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

साथै बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । बैठकपछि माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले आजै मन्त्रीहरुले राजीनामा दिने बताए । माओवादीका तर्फबाट सरकारमा ३ जना मन्त्री छन् ।

माओवादीबाट मन्त्री भएका राजेन्द्र कार्की, नारायण बुर्जा मगर र गणेश उप्रेतीले सोमबार नै पदबाट राजीनामा दिने उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update