नेपाल न्युज प्वाइन्ट डटकम
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ

वीरगञ्ज : वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

मेडिकल कलेजले म्याद गुज्रिएका सामग्री प्रयोग गर्ने गरेको गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । पर्सा प्रहरीका प्रमुख एसपी कुमोध ढुंगेलका अनुसार ल्याबमा सन् २०२१ मै म्याद सकिएको केमिकलसहितका औषधि बरामद भएपछि कलेजका एमडी र ल्याब प्रमुखलाई नयिन्त्रणमा लिइएको हो । सो क्रममा म्याद गुज्रिएका सामग्री समेत बरामद गरिएको उनले बताए ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update