नाउपाकी सांसद इन्दिरा गिरी पदमुक्त

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् । गिरी नाउपा सुदूरपश्चिम प्रदेश सभामा समानुपातिकतर्फबाट सांसद थिइन् ।
मंगलबार प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै गिरीलाई पदमुक्त गरिएको जानकारी दिएको छ ।
सूचनामा भनिएको छ, ‘प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवलयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखकाे निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
नाउपाले उनलाई सांसद पदबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । सांसद गिरीलाई फिर्ता बोलाइएको पत्र चैत २१ गते नाउपाले प्रदेश सभालाई पठाएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १६:२७
प्रतिक्रिया दिनुहोस्