सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी

काठमाडौं : सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ ।
सोमबार अपराह्न बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ । आगलागीको कारण बारे केही खुलेको छैन । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १९:०५
प्रतिक्रिया दिनुहोस्