नेपाल न्युज प्वाइन्ट डटकम
भारतमा गाडी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु

काठमाडौं : भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा सात जना नेपालीसहित आठ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहेका छन् । 

दुर्घटनामा छोटु चौधरी र जनक घाइते छन् । मृतक र घाइतेको नेपालको ठेगाना भने खुल्न बाँकी छ ।

सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

जिप चालक नैनीतालकै ३८ वर्षीय हरिशरामले अनियन्त्रित भएर जिप भीरबाट खसेको बयान दिएका छन् । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update