नेपाल न्युज प्वाइन्ट डटकम
२०४७ देखिको छानबिन गर्ने उच्चस्तरीय समिति बनाऔं : रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २०४७ सालयता सार्वजनिक पद धारण गरेकाहरूमाथि उच्चस्तरीय समिति बनाएर छानबिन गर्नुपर्ने माग गरेको छ ।

मंगलबार बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले २०४७ यताका उच्च पदस्थ पदमा बसेका सबै व्यक्तिमाथि छानबिन हुने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको हो ।

पार्टीका सांसदहरूसँगको छलफलपछि सार्वजनिक पद धारण गरेका सबैमाथि छानबिन गर्नुपर्ने पार्टीले धारणा बनाएको महामन्त्री डा. मुकुल ढकालले बताए ।

बैठकले प्रमुख प्रतिपक्ष दल कांग्रेसले विना आधार संसदीय छानबिन समितिको माग गरेको निष्कर्ष निकालेको उनले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update