नेपाल न्युज प्वाइन्ट डटकम
राप्रपाको प्रदर्शनमा झडप

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा झडप भएको छ । सरकारलाई राखेको ४० बुँदे माग पूरा गर्न दबाब दिँदै राप्रपाले काठमाडौंमा निकालेको जुलुसले निषेधित क्षेत्र तोडेपछि प्रहरीले पानीको फोहोरा हान्नुका साथै लाठी चार्ज गरेको छ ।

निषेधित क्षेत्र तोड्दै प्रदर्शनकारीले ढुंगामुढा गरेपछि बल प्रयोग गरिएको प्रहरीले जानकारी दिएको छ । सोक्रममा प्रहरीले सांसद ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार दिउँसो राप्रपाले भृकुटीमण्डप, भद्रकालीलगायत क्षेत्रमा प्रदर्शन गरेको हो । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update