नेपाल न्युज प्वाइन्ट डटकम
मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

काठमाडौं : एसीसी प्रिमियर कपमा मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ । ओमानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको हो ।

मलेसियाका कप्तान वीरन्दीप सिंहले अविजित रहँदै सर्वाधिक ७२ रन बनाए । ५७ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । शर्विन मुनिन्दी ४१ र मोहम्मद अमिर १६ रनमा आउट हुँदा नजमुस साकिब ३ रनमा अविजित रहे ।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १४ रन खर्चिए । यस्तै, अविनाश बोहराको नाममा १ विकेट रह्यो ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update