सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका चौधरीले गरे दाबी पेस

काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन् । आइतबार दिउँसो प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ७ र नेकपा एकीकृत समाजवादीका ४ जनाको समर्थन आफूलाई रहेको चौधरीले दाबी गरेका छन् ।
उनले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुख मियाँलाई बुझाएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१ १५:१५
प्रतिक्रिया दिनुहोस्