राप्रपाको आन्दोलनमा घाइते भएका ठाकुरप्रसाद डाँगीको मृत्यु

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा मृत्यु भएको छ ।
डाँगी राप्रपाले गत चैत २७ गते काठमाडौंमा गरेको प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनमा सहभागी उनलाई प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेको थियो ।
राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
प्रहरीले हानेको अश्रुग्यास लागेपछि उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१ ११:३७
प्रतिक्रिया दिनुहोस्