नेपाल न्युज प्वाइन्ट डटकम
नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु

काठमाडौं : नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् ।

मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत साउन २२ गते नै ब्रेक थ्रु भएको थियो ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ ।

सुरुङबाट काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउजाउ गर्न सकिने आयोजनाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update