नेपाल न्युज प्वाइन्ट डटकम
सन्दीपको मुद्दामा गौशाला २६ ले जन्मदर्ताको प्रतिलिपिका लागि दिएको निवेदन झिकाउन उच्चको आदेश

काठमाडौं : उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा गौशाला २६ ले जन्मदर्ताको प्रतिलिपि पाउनका लागि गाउँपालिकामा दिएको निवेदनको सक्कलै उपलब्ध गराउन आदेश दिएको छ ।

न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ता रहेको स्थानीय तहको वडा कार्यालयबाट पीडितले जन्मदर्ताको कागजात बनाउँदा पेश गरेको निवेदनको सक्कल प्रति झिकाउन आदेश दिएको हो ।

साथै २०७५/०९/१८ मा जारी गरिएको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति पनि सो वडा कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्न भनिएको छ ।

जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्रिकेटर सन्दिप लामिछाने उच्च अदालत पाटन पुगेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update