नेपाल न्युज प्वाइन्ट डटकम
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका दुवै जनाको दाबी अस्वीकृत, प्रदेश प्रमुखले दिए थप समय

काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई जनाकै दाबी अस्वीकृत भएको छ । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका हुन् ।

नाउपाका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले फरक-फरक गठबन्धनबाट दाबी पेस गरे पनि दुवै दाबीमा निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न मंगलबार फेरि समय दिएका छन् । उनले संविधानको धारा १६८को २ बमोजिम ६ गते साँझ ५ बजे सम्म दाबी पेस गर्न आह्वान गरिएको छ ।

नाउपाका रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update