नेपाल न्युज प्वाइन्ट डटकम
एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए । उनी उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भएका थिए । उनलाई अदालतमा उपस्थित पेस गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update