सल्यानमा बस दुर्घटना, १३ जना घाइते

काठमाडौं : सल्यानको बागचौरमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको हो ।
रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट खस्दा मरिब ३ सय मिटर तल खेको हो । दुर्घटनामा घाइतेको थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१ १३:१७
प्रतिक्रिया दिनुहोस्