साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य

काठमाडौं : एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको खेलमा साउदी अरबले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । साउदीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनायो ।
साउदीका अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए। १६ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । अन्यले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
नेपालका करण केसी र अविनाश बोहराले २/२ विकेट लिए। ललितनारायण राजवंशी र प्रतिश जीसीको नाममा १/१ विकेट रह्यो ।
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१ १५:१३
प्रतिक्रिया दिनुहोस्