नेपाल न्युज प्वाइन्ट डटकम
सुदूरपश्चिममा सोडारीलाई मुख्यमन्त्री बनाउने नेकपा एसको निर्णय

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको ८०औं सचिवालय बैठकले सुदूरपश्चिम प्रदेशसभाका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार पार्टीको १०औं महाधिवेशनको तयारी लगायतका विषयमा सो बैठकमा छलफल भएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update