नेपाल न्युज प्वाइन्ट डटकम
दुई समूहबीचको विवादले विराटनगरको रानी क्षेत्र तनावग्रस्त

विराटनगर : विराटनगर–१५ स्थित रानी क्षेत्र दुई समूहबीच विवाद भएपछि तनावग्रस्त बनेको छ । एक समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेको थियो ।

रामनवमीको अवसरमा विश्व हिन्दु परिषद नेपाल युवा विभागले निकालेको र्‍यालीमा सहभागी केही युवा र मुस्लिम समुदायको युवाहरुबीच झडप भएको छ ।

दुवै पक्षका  युवाहरुले  एकअर्को बीच  ढुंगामुढासमेत  प्रहार गरेका छन् । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बल प्रयोग गरेपछि दुवै समूह तितरबितर भएको र अहिले अवस्था सामान्य हुँदै गएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update