नेपाल न्युज प्वाइन्ट डटकम
सीआईबीबाट रिहा भएलगत्तै फेरि पक्राउ परे लीलाबहादुर गुरुङ

काठमाडौं : हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेर छुटेका लीलाबहादुर गुरुङ फेरि पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिहा गरेपनि सहकारीको रकम हिनामिना प्रकरणमा उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले फेरि पक्राउ परेको हो । 

उनीविरुद्ध मंगलबार नै जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्यादसमेत लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यसअघि काठमाडौंस्थित नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणमा सीआईबीबाट पक्राउ परेका उनीहरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको थियो ।

नयाँ कृषि सहकारीको उपाध्यक्ष रहेका गुरुङ उपकार सहकारीको पनि उपाध्यक्ष रहेको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update