
काठमाडौं : लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरूको नाम टुंगो लागेको छ । नेकपा एमालेले लुम्बिनी सरकारमा सहभागी हुने हुने मन्त्रीहरुको नाम टुंगो लगाएको हो । रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन नाम सिफारिस गरेको एमालेले जनाएको छ ।
ढकालले सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने बताइएको छ । अर्घाखाँचीका चेतनारायण आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक÷एक जना मन्त्री बनाइसकेका छन् ।
महराले विश्वासको मत समेत लिइसकेका छन् । माओवादीबाट रोल्पाका दीपेन्द्र पुन स्वास्थ्यमन्त्री छन् । माओवादीबाटै बाँकेकी कृष्णा केसी सिँचाइ, ऊर्जा तथा खानेपानी मन्त्री बनेछिन् । जसपाबाट भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री छन् । नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने छ । लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन् ।