देउवा र नेपालबीच भेटवार्ता, सुदूरपश्चिम सरकार गठनबारे छलफल

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवास गोल्फुटारमा बुधबार साँझ भेटवार्ता भएको हो ।
उनीहरूबीच सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा देखिएको समस्याबारे छलफल भएको छ । त्यस्तै कोशी प्रदेशमा देखिएको समस्याबारे पनि कुराकानी भएको छ ।
देउवा र नेपालबीच वैकल्पिक समीकरणका विषयमा पनि कुराकानी भएको बताइएको छ । उनीहरुबीच सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्रीमा एमालेले समर्थन नगरे कांग्रेसले समर्थन गर्नेबारे कुराकानी भएको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१ १२:०५
प्रतिक्रिया दिनुहोस्