
काठमाडौं : धनुषाको जनकपुरधाममा महिला र अन्दाजी ९ महिने शिशु जलिरहेको अवस्थामा फेला परेका छन् । जलेर मृत्यु भएका महिला र बालिका आमाछोरी हुन सक्ने प्रहरीले अनुमान गरे पनि पुष्टि भइसकेको छैन ।
जनकपुरधाम उपमहानगरपालिका-१६ पुलचोकस्थित रेल्वे लिक नजिकै रहेको पोखरीकाे डिलमा बुधबार राति युवतीको शव जलिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी डीएसपी रञ्जन अवाले जानकारी दिए । युवतीको शव नजिकै करिब ९ महिनाकी बालिका पनि जलेको अवस्थामा फेला परेको उनले बताए ।
मृत्यु भएकी महिला महोत्तरीको मनरासिसा नगरपालिका–२ कि २३ वर्षीया प्रियंका महतो रहेको र करिब ९ महिनाकी बालिकाको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
युवती र बालिकाको दुबै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।